मुस्ताङमा घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते

कान्तिपुर संवाददाता

पोखरा — मुस्ताङको थासाङ गाउँपालिका–२ न्याउरीकोटमा सोमबार घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

१७ वर्षीय निशान तुलाचनको मृत्यु भएको हो । उनका ७० वर्षका मावली हजुरबुबा रनप्रसाद गौचन घाइते छन् ।

ढुंगामाटोले बनेको दुईतले घर निरन्तरको वर्षाका कारण सोमबार बिहान भत्किएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । उनका अनुसार निशानको घटनास्थलमै मृत्यु भएको हो । घाइते रनप्रसादको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?