कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोना रोकथाममा गण्डकी प्रदेश सरकारको २८ करोड ७१ लाख खर्च

प्रतीक्षा काफ्ले

गण्डकी — कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनमा गण्डकी प्रदेश सरकारले २८ करोड ७१ लाख २४ हजार ५ सय रुपैयाँ खर्चिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत उक्त रकम खर्च भएको हो ।

कोरोना रोकथाममा गण्डकी प्रदेश सरकारको २८ करोड ७१ लाख खर्च

गण्डकी प्रदेश सरकारको राहात कोषमा जम्मा भएको ३४ करोड ७० लाख ६१ हजार २ सय ६६ रुपैयाँमध्ये १८ करोड ५४ लाख ६६ हजार ५ सय रुपैयाँ खर्च भएको छ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि मुख्यमन्त्री राहात कोषमा प्रदेश सरकारले दुईपटक गरी ३० करोड र बाँकी रकम विभिन्‍न दाताबाट संकलन भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.रामबहादुर केसीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको ३ करोड २४ लाख, संघीय सरकारबाट जोखिम भत्ता बापत प्राप्त ५ करोड २७ लाख ७३ हजार र आइसोलेसन व्यवस्थापनको लागि प्राप्त रकम १ करोड ६४ लाख ८५ हजार रुपैयाँ कोभिड–१९ को लागि खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।

गण्डकी सरकारबाट प्रदेशभर स्वीकृत ३८ वटा आइसोलेसन सेन्टर छन् भने क्‍वारेन्टाइनको लागि स्थानीय सरकारले आफैं व्यवस्थापन गरेका छन् । डा. केसीका अनुसार सबैभन्दा ठूलो रकम आपूर्ति व्यवस्थापन केन्द्रलाई १२ करोड ८५ लाख ८१ हजार दिइएको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई १० करोड ३४ लाख र स्वास्थ्य निर्देशनालयलाई २ करोड २८ लाख ५ हजार रुपैयाँ दिइएको छ ।

साउन १० गतेसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६२ पुगेको छ । यस्तै, १ हजार २ सय ४८ जना निको भइसकेको छन् । यसैगरी ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ११, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?