१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ज्वरो देखिएपछि स्याङ्जाका ९८ जना प्रहरीको स्वाब संकलन

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा ज्वरो देखिन थालेपछि कोरोना भाइरस संक्रमणको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी, डीएसपीसहित जिल्ला प्रहरीमा कार्यालयमा कार्यरत ९८ जना र हिरासतमा रहेका ४ जना गरी १ सय २ जनाको स्वाब संकलन गरिएको हो । 

ज्वरो देखिएपछि स्याङ्जाका ९८ जना प्रहरीको स्वाब संकलन

मंगलबार पनि केही प्रहरीलाई ज्वरो आउने र रुघा लागेपछि स्वाब संकलन गरी परीक्षण गर्दा ३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । शर्माले भने, ‘अहिले पनि १०–१२ जनामा ज्वरो देखिने, रुघा लाग्ने भएको थियो । पहिला पनि त्यस्तै हुँदा ३ जनामा कोरोना देखियो । ठूलो संख्यामा एकैपटक ज्वरो आउँदा शंका लाग्यो र स्वाब संकलन गरेका छौं । स्वाब पोखरा पठाउने छौं ।’

उनले प्रहरी व्यारेगभित्र फैलिने डरले सबैको स्वाब संकलन गरिएको बताए । संक्रमित ३ जना प्रहरीलाई कार्यालयभित्रै आइसोलेसन बेड बनाएर सुरक्षित तवरले राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।

प्रकाशित : श्रावण ९, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?