१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गोरखाको चुमनुब्रीमा पहिरोमा पुरिएर एक बेपत्ता

हरिराम उप्रेती

गोरखा — गोरखाको चुमनुब्रीमा पहिरोमा पुरिएर एक वृद्व बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासका ७६ वर्षीय कान्छा गुरुङ पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । 

‘उहाँ गोठमा सुत्नुभएको रहेछ, राति गएको पहिरोमा परी बेपत्ता हुनुहुन्छ,’ एसपी गुरुङले भने । सिर्दिवास प्रहरी चौकीबाट गएको टोलीले स्थानीयको सहयोगमा बेपत्ताको खोजी गरिरहेको उनले बताए ।

प्रकाशित : श्रावण ९, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?