कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जिपबाट खस्दा स्याङ्जामा एकजनाको मृत्यु

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको भीरकोट नगरपालिका–४ छाङछाङदीस्थित सिद्धार्थ राजमार्गमा गुडिरहेको जिपबाट खस्दा घाइते भएका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–४ का १६ वर्षीय मनबहादुर सारु रहेका छन् ।

बुधबार बिहान ८:४० मा त्रियासीबाट बयरघारीतर्फ जाँदै गरेको ग १ ज ७४४५ नम्बरको जीपको ढालाबाट खस्दा मनबहादुर घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

वालिङमा उपचार सम्भव नभएपछि र अवस्था सिरियस भएपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा डाक्टरले ११:२५ मा मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।


प्रकाशित : श्रावण ७, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?