कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँका चार ठाउँमा पहिरो

काठमाडौँ — अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँका चार ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँका चार ठाउँमा पहिरो

म्याग्दे गाउँपालिकास्थित गुणादी, बन्दीपुर गाउँपालिकास्थित बिमलनगर, आँबुखैरेनी गाउँपालिकाको मार्कीचोक र ऐनापहरामा सडकमाथिबाट पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि सवारी साधन गन्तव्यमा पुग्न पाएका छैनन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी युवराज तिमिल्सिनाले पहिरो पन्छाउने काम भइरहेको बताए । ‘एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउन प्रयास गरिरहेका छौं’, उनले भने, ‘मौसमले साथ दिए छिटै सडक खुल्नेछ ।’


पहिरोका कारण बन्दीपुर गाउँपालिकास्थित डुम्रे–बन्दीपुर सडकखण्डमा करिब १० मिटर सडक भासिएको छ । जिल्लाका विभिन्न सडकखण्डमा गएको पहिरोका कारण दर्जनौं यात्रु अलपत्र परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?