कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पहिरोले घर बगाउँदा नवलपरासी पूर्वमा दम्पती बेपत्ता

नवीन पौडेल

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् । सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो ।

स्थानीयले अहिले पहिरो हटाएर बेपत्ताको खोजी गरिरहेका बुलिङटार गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापा मगरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मोहनबहादुर खाँडले प्रहरी नायब निरीक्षकको कमाण्डमा घटनास्थलतर्फ प्रहरी खटाइएको र खराब मौसमको कारण समयमा नै घटनास्थल पुग्न नसकिएको बताए ।

प्रकाशित : श्रावण ६, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?