कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

लमजुङमा रातारात क्‍वारेन्टाइनलाई बनाइयो आइसोलेसन

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका ७, सहजीको सहरी विकास कार्यालयको क्‍वारेन्टाइनलाई हटाएर रातारात आइसोलेसन बनाइएको छ । शुक्रबार दिनभर विरोधमा उत्रिएका स्थानीय साँझ घर फर्किएपछि राति ११ बजेतिर सामग्री लगेर आइसोलेसन बनाइएको हो । 

लमजुङमा रातारात क्‍वारेन्टाइनलाई बनाइयो आइसोलेसन

जिल्ला समन्वय समितिमा १ महिनाअघि निर्माण गरिएको आइसोलेसनमा पानी चुहिने, चिप्लने, शौचालय फोहर भएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) बैठकले सहजीको क्‍वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाउने निर्णय गरेको थियो । जिल्ला समन्वय समितिको आइसोलेसन बेडलाई लिएर गएको ट्रकलाई शुक्रबार साँझसम्म रोकेपछि उक्त सामग्री फर्काइएको थियो । शुक्रबार राति कोही नहिँडेको बेलामा सामग्री लगेर रातारात बेड बनाइएको थियो । उक्त आइसोलेसनमा शुक्रबार संक्रमित पुष्टि भएका २२ जनामध्ये १० जनालाई शुक्रबार राति नै लगेर राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार जिल्ला समन्वय समितिको ३० बेडको आइसोलेसनलाई खाली गरेर सहजीको क्‍वारेन्टाइनलाई ३० बेडको आइसोलेसन बनाइएको छ । ५० बेडको सहजी जिल्लास्तरीय क्‍वारेन्टाइनलाई सुन्दरबजारको भोटेओडारस्थित भक्तिनमुना माविमा सारिएको छ ।

प्रकाशित : श्रावण ३, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?