क्वारेन्टाइनमा बसेका लमजुङका एक युवक मृत फेला 

आश गुरुङ

लमजुङ — क्वारेन्टाइनमा बस्न थालेको दुई दिनमै लमजुङका एक युवक मृत फेला परेका छन् । उनको शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्व्होलासोंथर गाउँपालिका–९ गिलुङको बुद्धोदय मावि क्वारेन्टाइनमा बसेका युवक शुक्रबार बिहान मृत भेटिएका हुन् । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ घर भइ असार ३१ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका २३ वर्षीय एक युवक मृत भेटिएको प्रहरीले बताएको छ ।

डीएसपी गंगाबहादुर थापाले युवक मृत भेटिएको र उनको डोरीमा झुन्डिएर मृत्यु भएकोजस्तो देखिएको बताए । उनले युवकले आत्महत्या गरेको हुनसक्ने बताए । प्रारम्भीक अनुसन्धानमा डोरीको पासो लगाएर झुन्डिएको देखिएको र अनुसन्धानपछि कारण खुल्ने उनले बताए ।

क्व्होलासोंथर गाउँपालिका–९ का अध्यक्ष नन्दजङ गुरुङका अनुसार क्व्होलासोंथरको मिदिम पारीका ५ वटा वडाको क्वारेन्टाइन अहिले गिलुङको बुद्धोदय माविमा बनाइएको छ । पसगाउँका युवक पोखराबाट आएर क्वारेन्टाइनमा बसेकोमा बिहान मृत भेटिएको उनले बताए । उनी एक्लै क्वारेन्टाइनमा रहेको र बिहान हेर्न जाँदा उनी मृत भेटिएको वडाअध्यक्ष गुरुङले बताए ।

उनी एक्लै बस्दा आत्तिएर आत्महत्या गरेको हुनसक्ने आकलन प्रहरीले गरेको छ । उक्त घटनापछि स्थानीयले विद्यालयबाट क्वारेन्टाइन हटाउन माग गरेका छन् ।

उक्त क्वारेन्टाइनमा यसअघि वडा नम्बर ५ सिङदी र वडा नम्बर ७ कुमलुङका २ जना बसेर घर गइसकेका छन् ।

प्रकाशित : श्रावण २, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?