१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पहिरोबाट विस्थापितलाई स्थायी बसोबासको पहल हुन्छ : मुख्यमन्त्री गुरुङ

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई प्रदेश सरकारले स्थायी बसोबासका लागि पहल गर्ने बताएका छन् ।

पहिरोबाट विस्थापितलाई स्थायी बसोबासको पहल हुन्छ : मुख्यमन्त्री गुरुङ

प्रदेशमै सबैभन्दा बढी बाढीपहिरोबाट जनधनको क्षति भएको म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा बिहीबार राहत वितरण गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

‘हामी तीनै तहका सरकार मिलेर घरजग्गा गुमाएका पीडितका लागि स्थायी बसोबासको व्यवस्था गर्छौं,’ उनले भने,‘गाउँपालिकाले उचित जग्गा उपलब्ध गराए घर बनाइदिन्छौं ।’ राहतसमेत लिएर घटनास्थलमा पुगेका मुख्यमन्त्री गुरुङ समक्ष स्थानीयले अवरुद्ध स्थलमार्ग छिटै खुलाउन माग गरेका थिए । अवरुद्ध भएको खानेपानी, विद्युत, टेलिफोन सेवा पनि सुचारु गरिने मुख्यमन्त्री गुरुङले बताए ।

सडक खुलाउन शुक्रबार नै प्राविधिकको टोली म्याग्दी जाने भएको छ । विद्युत र टेलिफोन सञ्‍चालनका लागि सम्बन्धित निकायसँग कुरा भइसकेको मुख्यमन्त्री गुरुङले बताए । यसैगरी, खानेपानीका लागि पाइप पनि लैजाने प्रक्रिया सुरु भएको छ ।

बाढी पहिरो पीडितहरुलाई राहत वितरण गरिदै । तस्बिर सौजन्य : विक्रम न्यौपाने

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारकोतर्फबाट पीडितहरुका लागि ५ लाख ७५ हजार मूल्य बराबरको राहत सामाग्री र छुट्टै २ सय बोरा चामल पनि लगेका थिए । हलिकप्टरमा पहिरो प्रभावित क्षेत्र पुगेका मुख्यमन्त्री गुरङको टोलीले पोखरा फर्कने क्रममा १५ जना बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गरेको थियो । उनीहरुमध्ये ९ जनालाई म्याग्दी सदरमुकाम बेनी बजार र ६ जनालाई पोखरा ल्याइएको थियो ।

असार २७ गते भारी वर्षासँगै आएको पहिरोमा परेर धौलागिरी गाउँपालिका-६ मा १९ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता भएका छन् भने ९ घाइते भएका थिए । घाइते ४ जनाको पोखरामा उपचार भइरहेको छ भने अन्य उपचारपछि निको भएका छन् ।

पहिरोमा ७२ घर पुरिँदा ५ सय १५ जना विस्थापित भएका छन् । बाढी र पहिरोको उच्च जोखिमका कारण २ घरका १९ जना पनि विस्थापित भएका छन् । यसैगरी, मालिका–७ विममा गएको पहिरोका कारण ८ जनाको मृत्यु, २ बेपत्ता र ३ जना घाइते भएका थिए ।

प्रकाशित : श्रावण १, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?