१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

पोखरामा खुल्यो सरुवा रोग अस्पताल

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ ।

पोखरामा खुल्यो सरुवा रोग अस्पताल

पोखरा महानगरपालिका–३० मा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिँदै गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार अस्पताल उद्घाटन गरे ।

काठमाडौंपछिको यो अस्पताल नेपालकै दोस्रो संक्रामक तथा सरुवा रोग अस्पताल हो । अर्को व्यवस्था नहुँदासम्म लायन्स अस्पतालकै व्यवस्थापन समितिले काम गर्ने, अस्पतालमा रहेका ४२ जना कर्मचारी यथावत राख्‍ने र सेवा दिने निर्णय भएको सामाजिक विकास मन्त्रालयका स्वाथ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीले बताए । अस्पताल ६० शय्याको छ । हाल यहाँ जनरल र ओपीडी सेवा मात्रै उपलब्ध छ ।

‘अर्को व्यवस्था नहुँदासम्म प्रदेश सरकारले एक/एक जना चिकित्सक, लेखा र प्रशासनको कर्मचारी खटाइएको छ । सरकारको मातहतमा भएपछि स्थायी कर्मचारी नै राख्नुपर्छ,’ उनले भने । अस्पताल निर्माणको काम भइरहेकाले पनि यसको व्यवस्थापन गर्न अझै एक हप्ता समय लाग्‍ने केसीले बताए ।

प्रकाशित : श्रावण १, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?