२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पहिरोमा पुरिएका तीन दिनसम्म पनि भेटिएनन्

प्रतीक्षा काफ्ले

स्याङ्जा — कालीगण्डकी गाउँपालिका–४ खहरेको पहिरोमा पुरिएर बेपत्ता ६० वर्षीय प्रेमचन्द्र पाण्डे तीन दिनसम्म भेटिएका छैनन् । बेपत्ता पाण्डेलाई खोज्नको लागि स्थानीय र सुरक्षाकर्मी तीन दिनदेखि परिचालित छन् । तर, उनलाई अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार खोजी कार्य जारी छ ।

पहिरोमा पुरिएका तीन दिनसम्म पनि भेटिएनन्

पहिरो ठूलो र अप्ठ्यारो स्थानमा भएकाले भेटाउन नसकिएको उनले बताए । अधिकारीले भने, ‘उद्धारको लागि भरपुर सुरक्षाकर्मी खटाइएको छ । उद्धारका सामान प्रयोग गरिएको छ । डोजर लगाउने काम पनि भइरहेको छ । प्रहरी, सेना र सशस्त्र प्रहरी उद्धारको लागि घटनास्थलमा नै छ । अहिलेसम्म भेटिएको कुनै खबर आएको छैन ।’

बिहान ९ बजे आएको पहिरोमा ६५ वर्षीय इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा र ५० वर्षीय टिकाबहादुर थापाको मृत्यु भएको छ । पहिरोमा ६ जना पुरिएका थिए । ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय विरबहादुर राना सकुशल छन् । प्रहरीका अनुसार पाण्डेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ भने राना उपचारपछि घर फर्किएका छन् । मृतक तीन जनाको बुधबार रामनदीधामस्थित सामूहिक अन्त्येष्टि गरिएको स्थानीय एकबहादुर थापाले बताए ।


प्रकाशित : श्रावण १, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?