पहिरोमा पुरिँदा स्याङ्जामा २ को मृत्यु [अपडेट]

प्रतीक्षा काफ्ले

स्याङ्जा — कालीगण्डकी गाउँपालिका–४ खहरेस्थित मंगलबार बिहान आएको पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर स्थानीय ६५ वर्षीय इमानसिंह राना र ६० वर्षीय जिमानसिंह थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोमा पुरिएर बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेको डीएसपी अधिकारीले जानकारी दिए । यस्तै, अविरल वर्षासँगै आएको पहिरोका कारण जिल्लामा ५ परिवार विस्थापित भएको प्रहरीले बताएको छ ।

...

कालीगण्डकी गाउँपालिका–४ खहरेस्थित मंगलबार बिहान आएको पहिरोमा पुरिँदा सोही ठाउँका ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ ।

उद्धारको लागि खटिएको सुरक्षाकर्मीको टोलीले उपचारको लागि गल्याङ नगर अस्पताल ल्याएको थियो । पहिरोले बाटो अवरुद्ध हुदाँ अस्पताल पुर्‍याउन सकेन । बिर्घा स्वास्थ्य चौकीमा उपचार गराउन लगिएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत्त घोषण गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोमा ६ जना पुरिएका थिए । जसमा ३ को उद्धार गरिएको थियो । ३ जनामध्ये इमानसिंह एक हुन् । अन्य दुईजनाको उपचार भइरहेको छ भने बाँकी ३ जनाको खोजतलास भइरहेको डीएसपी अधिकारीले बताए । बाटोमा हिँड्ने क्रममा अचानक पहिरो झरेको थियो । बेपत्ताको खोजी गर्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ ।


प्रकाशित : असार ३०, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?