कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मास्क नलगाउने कास्कीका १ सय २ जनालाई कारबाही

दीपक परियार

पोखरा — कास्कीमा मास्क नलगाई हिँड्ने १ सय २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कास्कीका विभिन्न स्थानबाट ८८ पुरुष र १४ महिला पक्राउ परेका हुन् ।

मास्क नलगाउने कास्कीका १ सय २ जनालाई कारबाही

मास्क नलगाई हिँड्ने व्यक्तिलाई सम्झाईबुझाई गर्दा अटेर गरेपछि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । पक्राउ परेकालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयले १ सय रुपैयाँ जविरावना तिराएर छाडेको छ ।

अनिवार्य रुपमा मास्कको प्रयोग नगर्ने, न्यूनतम सामाजिक दूरी कायम नगर्ने र अनावश्यक जमघट गर्नेलाई उक्त ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । असार २५ देखि मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।

कोभिड–१९ को जोखिम बढ्दै गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाई समेतबाट माइकिङ गर्ने, सम्झाइबुझाइ गर्दै आएको हमाले बताए ।


प्रकाशित : असार २९, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?