कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

म्याग्दीमा फेरि देखिए सलह

घनश्याम खड्का

म्याग्दी — सलहका फरक–फरक झुण्ड म्याग्दीका विभिन्‍न गाउँमा देखिन थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रका बस्तीमा सलहको बथान देखिएका हुन् ।

म्याग्दीमा फेरि देखिए सलह

धौलागिरीको मुदी, मराङको खाम्ला क्षेत्र, रघुगंगा गाउँपालिकाको चिमखोलाको माथिल्लो क्षेत्र, अन्नपूर्ण गाउँपालिकाको दाना, घार क्षेत्र र पर्वतको उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको मल्लाजमा सलह देखिएको हो ।

‘चिमखोलाको माथिल्लो क्षेत्रका खेत र घाँसमा लाखौंको संख्याका सलह बसेर खान थालेका छन्,’ रघुगंगा गाउँपालिका-७ चिमखोलाका गम पुनले भने, ‘खेतीबाली, रुख, झारपात, भूईंभरी छपक्कै सलहले छोपेको छ ।’ स्थानीयले थाल ठटाएर धपाउने प्रयास गरेका थिए ।

अर्को सानो झुण्ड अन्नपुर्ण गाउँपालिकाको घार र दाना क्षेत्रमा पनि देखिएको छ । त्यहाँ भने सलहले खेतबारीमा धेरै क्षति नपुर्‍याएको स्थानीयले बताएका छन् । ‘आकाशमा उडेका देखेपछि गाउँले थाल ठटाउने र कपडा हल्लाउने गरेपछि पातलो हुँदै हराए,’ अन्नपूर्ण गाउँपालिका-६ घारकी सरिता बरुवालले बताइन् ।

अन्नपूर्ण गाउँपालिकाको घार, पाउद्वार, दाना हुँदै मुस्ताङको लेतेसम्म सलह देखिएका छन् । कुनै समूहबाट हावाको बहाबसँगै झुन्डबाट टुक्रिएर आएको हुन सक्‍ने स्थानीयले अनुमान गरेका छन् ।

प्रकाशित : असार २९, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?