एकतर्फी खुल्यो सिदार्थ राजमार्ग
स्याङ्जा — पहिरो जाँदा अवरुद्ध भएको सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड एकतर्फी खुलेको छ । पुतलीबजारस्थित हेलु, बर्जा, हरिपाला र भुपु सैनिक टोललगायत विभिन्न स्थानमा गएको पहिरोले बिहानदेखि नै सिदार्थ राजमार्ग अवरुद्ध थियो ।
बाटो खुलाउनको लागि बिहानदेखि नै डोजर लगाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार एकतर्फी बाटो खुलाएर जाममा परेका सवारी साधनलाई ओहोरदोहोर गराएका छन् । डोजर लगाएर पहिरो पन्छाउने काम जारी रहेको उनले बताए ।
प्रतिक्रिया