१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रतीक्षा काफ्ले

स्याङ्जा — सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । पुतलीबजार १, ४ नम्बर वडा र हेलुमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । तीनवटै स्थानमा डोजर लगाएर राजमार्ग खुलाउने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । उनका अनुसार बिहानदेखि नै राजमार्ग अवरुद्ध छ ।

यसैगरी हरिनास गापा ४ चित्रेस्थित पहिरो जादाँ रुद्धबहादुर रानाको घर भत्काएको छ । घरको पूर्वपट्टीका दुईवटा कोठा र गोठ पूर्ण रुपमा भत्काएको छ । भैसी र पाडीलाई पहिरोले बगाएको छ भने मानवीय क्षति भने नभएको डीएसपी अधिकारीले बताए । यसैगरी अर्जुनचौपारीमा पनि पहिरोले केही घर क्षति पुर्‍याएको तर, पुरा विवरण आउन बाँकी रहेको उनले बताए ।

डीएसपी अधिकारीका अनुसार ४० जनालाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ । ‘राजमार्गका यी घरमा क्षति भने भएको छैन । तर, आज पनि वर्षा भयो भने घरमा बस्न हुँदैन जोखिम छ । माथिबाट आएको पहिरोले घरमा बस्ने अवस्था पनि छैन,’ उनले भने ।

त्यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा पुतलीबजार नगरपालिका–१ का बुद्धिबहादुर नेपाली घाइते भएका छन् । घर माथिबाट आएको पहिरोले उनी घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए । भुपु सैनिक टोलस्थित गएको पहिरोको कारण यहाँका घर उच्च जोखिममा परेका छन् ।

प्रकाशित : असार २९, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?