१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नयाँ डाइर्भसन बनेपछि राजमार्ग सञ्‍चालन

नवलपुर — बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्‍चिम राजमार्ग सञ्‍चालन भएको छ । ९ घण्टापछि नयाँ डाइभर्सन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो ।

पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैंडाकोटबाट दाउन्‍नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रकाशित : असार २७, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?