कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जनप्रतिनिधिको सुविधा विधेयक पारित

पोखरा — गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवासुविधा बढाउने गरी ल्याएको विधेयक शुक्रबार प्रदेशसभाले पारित गरेको छ । छलफलपश्चात् विधेयकमा महानगरका प्रमुख/उपप्रमुख, नगर र गाउँपालिका प्रमुखले पाउने पीएको सुविधा घटाइएको छ भने इन्धन र दैनिक भ्रमण भत्ता कम गरिएको छ ।

जनप्रतिनिधिको सुविधा विधेयक पारित

अन्य जस्ताको तस्तै पारित भएको छ । विधेयक पारित भएसँगै नगर र गाउँपालिका प्रमुखले खरिदारसरहको पीएको सुविधा पाउने भएका छन् । यसरी नै महानगर प्रमुखले नासु र उपप्रमुखले खरिदारसरहको पीए राख्न पाउने भएका छन् । मेयरलाई १ सय २० लिटर मासिक तेल दिने भनिएकोमा संशोधन गरी ९० लिटरमा झारिएको छ । उपाध्यक्षको गाडी सुविधा कायम राखिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमानले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यसभन्दा पहिला ल्याएको ऐन कारणवश सर्वोच्च अदालतबाट खारेज भएकाले यस पटक धेरै विचार पुर्‍याएर विधेयक ल्याइएको बताए । स्थानीय जनप्रतिनिधिको कानुन प्रदेश सरकारले नै बनाइदिनुपर्ने कानुनी प्रावधान भएकाले र हालसम्म ऐन नहुँदा प्रदेशका ८५ वटै स्थानीय तहका जनप्रतिनिधि हालसम्म सेवासुविधाविहीन रहेकाले विधेयक ल्याइएको उनको भनाइ छ ।

प्रकाशित : असार २७, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?