२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बालविवाहको आरोपमा ५ जना पक्राउ

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिकामा बुधबार बालबिवाह गर्ने/गराउने ५ जना पक्राउ परेका छन् । व्यास–११ स्थित विवाह भइरहेको अवस्थामा बेहुलासहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालविवाहको आरोपमा ५ जना पक्राउ

व्यास–११ बस्ने १४ वर्षीया बालिकासँग विवाह गर्न आएका गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्यालसहित उनका बाबु, बालिका (बेहुली)का बाबुआमा र विवाह गराउने पण्डितलाई मण्डपबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

गोरखास्थित आफन्तको घर जाँदा बालिका र युवकको चिनजान भएको र बिस्तारै उनीहरुमा प्रेम सम्बन्ध बसेको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले भने, ‘परिवारले दुईको प्रेम सम्बन्धबारे थाह पाएपछि सल्लाह गरेर विवाह गरिदिने भनेर विवाहको तयारी गरिएका रहेछन् ।’

विधिवत् रुपमा बालविवाह हुँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘बालिका बेहुलीको पोसाकमा सजिएर घुम्टो ओडी, सिउँदोमा सिन्दुरसमेत हालीसकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ गरिएको हो’, उनले भने, ‘बेहुला, बेहुलाको बाबुआमा, बेहुलीको बाबुआमा र विवाह गराउने पण्डितलाई समेत नियन्त्रणमा लिइएको छ ।’

उनीहरुलाई कानुनबमोजिम बिहीबार जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २५, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?