बुधबारमात्रै बागलुङबाट ४२ जना कोरोना निको भएर घर फर्के

प्रकाश बराल

बागलुङ — जिल्लाको धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा ७ र बुर्तिवाङस्थित दुइटा प्रि-आइसोलेसनमा बसेका ३५ गरी ४२ जना कोरोना संक्रमणमुक्त भएर बुधबार घर फर्केका छन् ।

बुधबारमात्रै बागलुङबाट ४२ जना कोरोना निको भएर घर फर्के

उनीहरुको दोस्रो पटकको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । तीमध्ये ७ जनालाई धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेल र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका ३५ जनालाई केन्द्र प्रमुख डा. मिलन मल्लले बिदाई गरे ।

डिस्चार्ज भएकालाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । बुर्तिवाङबाट डिस्चार्ज हुनेमा ७ जना महिला छन् । डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना छन् । त्यस्तै बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ जना छन् ।

जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौका अनुसार बुधबारसम्म संक्रमित संख्या २११ पुगेको छ । जसमध्ये १ सय ५७ निको भइसकेका छन् । अब ५४ जनामात्रै आइसोलेसनमा रहेको स्वास्थ्य प्रमुख गुरौ बताए ।

प्रकाशित : असार २४, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?