बागलुङमा थप सात संक्रमित निको भए

प्रकाश बराल

बागलुङ — धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमित बुधबार डिस्चार्ज भएका छन् ।

बागलुङमा थप सात संक्रमित निको भए

दुई साताअघि संक्रमण पुष्टि भएर अस्पताल पठाइएका उनीहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनीहरूलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

डिस्चार्ज हुने सबै काठेखोला गाउँपालिकाका हुन् । डिस्चार्ज हुनेमध्ये ४ जना क्वारेन्टाइनमा बस्दा संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने ३ जना क्वारेन्टाइनबाहिरै संक्रमणमा परेका थिए । क्वारेन्टाइनमा खाना पठाउने, सुरक्षा गार्डका रूपमा बसेकाहरू संक्रमित भएका थिए । क्वारेन्टाइनबाहिर संक्रमित भएका अर्का एक जना आइसोलेसनमै छन् ।

जिल्लामा अहिलेसम्म २ सय ११ जना कोरोना संक्रमित छन् । तीमध्ये १ सय २२ जना डिस्चार्ज भएका छन् । अब ८९ जना आइसोलेसनमा छन् ।

प्रकाशित : असार २४, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?