२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बेनी जोडिने सबै सडक पहिरोले अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीसँग जोडिएका सबै सडकमा साना–ठूला पहिरो झरेकोले यातायात पूरै ठप्प भएको छ ।

राजधानीसमेत ठूला सहर जोड्ने बेनी–मालढुङ्गा सडकको जलजला गाउँपालिका–४, वारीबेनीमा झरेको पहिरोले र बेनी–बाग्लुङ सडकतर्फ बेनी नगरपालिका–१, रत्नेचौरको पारिपट्टि पहिरो झरेकोले अवरुद्ध भएको हो ।

त्यसैगरी बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका–३, चमेरे, १ बेगखोलामा, भुरुङ र दानाको विभिन्न खण्डमा पहिरो झरेकोले यातायात अवरुद्ध छ । बेनीबाट पश्चिम दरवाङ जाने सडकको बेनी नगरपालिकाको डम्बरा र सिङ्गामा पहिरो झरेकोले यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

‘सदरमुकाम बेनी जोड्ने सबै मुख्य सडकहरु पहिरोले अवरुद्ध छन । रातभर परेको पानीले स–साना पहिरो जाँदा ग्रामीण सडकहरुको अवस्था झन् खराब छ,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘मुख्य सडक खुलाउने प्रयास भएको छ । तर पानी पर्न नरोकिएकोले काममा बाधा पुगेको छ । जिल्लाभर अन्य बाढीपहिरोको जानकारी संकलन भइरहेको छ ।’

प्रकाशित : असार २३, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?