गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुग्याे

मनाङ र मुस्ताङका कोरोना संक्रमित निको भए

पोखरा — गण्डकी प्रदेशभरि कोरोना संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ  । सोमबार दिउँसो लमजुङ, बागलुङ र कास्कीमा गरी १७ नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुग्याे

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार लमजुङमा ११, बागलुङमा ५ र कास्कीमा एकजना संक्रमित थपिएका हुन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले बताए ।

प्रदेशका मनाङ र मुस्ताङमा एक/एकजनामा कोरोना संक्रमण देखिएकोमा दुवैजना निको भएका छन् । यसैगरी पूर्वी नवलपरासीमा २ सय ५७ बागलुङमा २ सय ८ कोरोना संक्रमित पुगेका छन् । यसैग्री स्याङ्जामा १ सय ८५, गोरखामा ९३, तनहुँमा १ सय ३९, लमजुङमा ५७ र कास्कीमा ६३ जना संक्रमित भएका छन् । पर्वतमा ९० र म्याग्दीमा १९ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २ सय ९७ जना निको भइसकेका छन् । अझै १ सय ९१ जनाको पीसीआर नतिजा आउन बाँकी छ ।

गण्डकी प्रदेशभर कोरोनाका कारण स्याङ्जाका २, गोरखा र बागलुङका १/१ गरी ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार २२, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?