१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुर्घटनामा सेनाका जवानको मृत्यु

हरिराम उप्रेती

गोरखा — बुधबार साँझ टिपरले नेपाली सेनाको भ्यानलाई ठक्कर दिँदा घाइते भएका सेनाका एक जवानको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २४ वर्षीय प्रेम परियारको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाको रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनलाई गोरखा अस्‍पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि बुधबार नै चितवन मेडिकल कलेज रेफर गरिएको थियो । परियारको करङ र शरीरको भित्री भागमा चोट देखिएको उनले बताए ।

अर्का गम्भीर घाइते रन्जित रानाको उपचार भइरहेको केसीले बताए । गोरखा–आबुखैरेनी सडक खण्ड अन्तर्गत पन्ध्रकिलोमा बुधबार बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरित दिशाबाट आउँदै गरेको लु १ क ३८४६ नम्बरको टिपरले ठक्कर दिँदा ५ जना घाइते भएका थिए । टिपर र चालकलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार १८, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?