सेनाको भ्यानलाई टिपरले ठक्कर दिँदा ५ घाइते

हरिराम उप्रेती

गोरखा — गोरखा–आबुखैरेनी सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–११ मा टिपरले नेपाली सेनाको भ्यानलाई ठक्कर दिँदा सेनाका पाँच घाइते भएका छन् ।

सेनाको भ्यानलाई टिपरले ठक्कर दिँदा ५ घाइते

सेनाका चालक सहित घाइते ५ जनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।

गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको लु १ क ३८४६ नम्बरको टिपर र बाह्र किलोबाट गोरखा आउँदै गरेको बा १ झ ५८०० नम्बरको भ्यानलाई टिपरले ठक्कर दिएको उनले बताए ‘घुमाउरो मोड रहेछ,चालकले सावधानी नअपनाउदा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

प्रकाशित : असार १७, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?