गण्डकीमा कोरोना संक्रमित हजार नाघे 

पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार बिहान २८ र बेलुकी १४ जना संक्रमित थपिएसँगै १ हजार ६ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

गण्डकीमा कोरोना संक्रमित हजार नाघे 

निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पछिल्लो पटक लमजुङका १०, कास्कीका ३ र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदविन्दु शर्माले बताए । संक्रमितमध्ये २ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

स्याङ्जाका दुई संक्रमितको मृत्यु भएको छ । अझै २ सय ९० को स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

प्रकाशित : असार १७, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?