कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेपत्ता व्यक्ति मृत भेटिए

स्याङ्जा — शनिबारदेखि बेपत्ता भएका पुतलीबजार नगरपालिका–१३ चिलाउने खर्कका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीले आइतबार बिहान ६९ वर्षीय कुलबहादुर थापाको शव फेला पारेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी विमलराज कँडेलका अनुसार थापा शनिबार बिहान ९ बजे वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर फर्किएका थिए । तर, नपुगेपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो ।

सोही वडाको बायाँखोला, छहरास्थित लामोकुलो भन्ने ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव भेटाइएको प्रहरीले जनायो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनको डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित : असार १४, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?