कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

घरमा पहिरो खस्दा स्याङ्जामा एकको मृत्यु 

प्रतीक्षा काफ्ले

स्याङ्जा — अविरल वर्षाका कारण गल्याङ नगरपालिका–९ साङलियमा शनिबार राति खसेको पहिरोको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय यमबहादुर विक रहेका छन् । राति सुतिरहेको बेला एक्कासी घरको पछाडिको गाह्रो खस्दा विक दम्पती घाइते भएका थिए । घटना लगत्तै स्थानीयले उपचारको लागि गल्याङ सामुदायिक अस्पताल ल्याएका थिए । 

घरमा पहिरो खस्दा स्याङ्जामा एकको मृत्यु 

उपचारको क्रममा यमबहादुरलाई ४ बजेर २० मिनेटमा डाक्टरले मृत्त घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपी विमलराज कँडेलले जनाए । एसपी कँडेलका अनुसार घटना राति ३ बजेको हो । विककी श्रीमती फुलमायाको पनि अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । टाउकोमा बढी चोट लागेको हुदाँ थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको कँडेलले बताए ।

घरमा दुई छोराछोरीसहित ४ जना थिए । प्रहरीका अनुसार छोराछोरीको अवस्था भने सामान्य छ । विकको शव अस्पतालमा नै राखिएको छ । घटनास्थलमा प्रहरी गएको हुदाँ थप विवरण आउन बाँकी रहेको एसपी कँडेलले बताए ।

प्रकाशित : असार १४, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?