कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गण्डकीमा थप ३२ जनालाई कोरोना संक्रमण

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेशका विभिन्न ३ जिल्लामा गरी शनिबार ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार स्याङ्जामा २२, बाग्लुङमा ८ र नवलपरासी पूर्वका २ जना गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकीमा थप ३२ जनालाई कोरोना संक्रमण

प्रदेश क्षयरोग केन्द्र पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमितको पहिचान भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी पूर्वको हुप्सेकोटका २ जना र स्याङ्जाको वालिङका एक जना आइसोलेसनमा बसिसकेका छन् भने अरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । गण्डकीमा कोरोनाबाट हालसम्म २ जनाको मृत्यु भएको छ ।



प्रकाशित : असार १३, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?