२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बलात्कार आरोपमा युवा पक्राउ

अगन्धर तिवारी

पर्वत — पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का युवकलाई बलात्कार आरोपमा पर्वत प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया युवतीले आफू बलात्कृत भएको भन्दै ३२ वर्षीय रविन जिसीविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो ।

युवतीले आफू बलात्कृत भएको शुक्रबार उजुरी दिएको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार आरोपित जिसीलाई शुक्रबार नै पक्राउ गरिएको थियो ।

आइतबारै जिल्ला अदालत पर्वतबाट १० दिनको समय थप गरी घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए । युवकलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार ती युवायुवती एउटै संस्थामा कार्यरत थिए ।

प्रकाशित : असार ७, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?