गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आइतबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले थप १६ जनामा कोरोना संक्रमणको पुष्टि गरेसँगै संख्या ५०४ पुगेको हो । 

गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

आइतबार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ गरी १६ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । यसअघि शनिबार हिमालपारिको जिल्ला मुस्ताङमा पनि एक जनामा कोरोना देखिएको थियो । योसंगै प्रदेशका सबै ११ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । लमजुङका एक तीन वर्षीय बालक भने काठमाडौं बस्दै आएका बेला कोरोना संक्रमित भएका र उनी अहिले निको भइसकेका छन् ।

प्रदेशभरि निको हुनेको संख्या ४९ पुगेको छ भने स्याङ्जाका एक जनाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा पहिला चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । उनी कतार एयरवेजको जहाजमा विदेशबाट नेपाल आएकी थिइन् । पछिल्ला संक्रमित अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु छन । गण्डकीका केही स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ ।


प्रकाशित : असार ७, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?