कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुस्ताङमा पनि देखियो कोरोना

पोखरा — मुस्ताङमा पहिलो कोरोना संक्रमित भेटिएका छन् । घरपजोङ गाउँपालिकाका ८३ वर्षीय वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । ती वृद्धलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । 

मुस्ताङमा पनि देखियो कोरोना

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ । शनिबार मात्रै यहा १ सय ८ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार शनिबार तनहुँमा २७, नवलपुरमा ३४, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १, बाग्लुङमा ३७ र मुस्ताङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : असार ६, २०७७ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?