गण्डकीमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो 

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा शनिबार बिहानसम्म संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । शनिबार बिहान गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत थप ५८ जना संक्रमित भएको पुष्टि गरेसंगै यो संख्या पुगेको हो । 

गण्डकीमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो 

निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा बढी तनहुँका २५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

यसैगरी पूर्वी नवलपरासीका १६, बागलुङका ८, गोरखाका ५, कास्कीका २ र म्याग्दी र स्याङ्जाका १/१ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए । संक्रमित सबै क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

कास्कीको मादी गाउँपालिकाका २ संक्रमितमध्ये एक जना १९ महिनाकी बालिका रहेकी छिन् ।

प्रकाशित : असार ६, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?