१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिरासतबाट छुटेका युवकमा कोरोना संक्रमण 

हरिराम उप्रेती

गोरखा — प्रहरी हिरासतबाट रिहा भएका भिमसेन थापा गाउँपालिकाका एक युवकसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिरासतबाट छुटेका युवकमा कोरोना संक्रमण 

गत जेठ २५ गते प्रहरी हिरासतमा रहेका पालुङटारका १७ वर्षीय एक किशोरमा कोरोना संक्रमण देखिएपछि उनीसगै प्रहरी हिरासतमा रहेकाहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रहरी हिरासतबाट छुटेका भिमसेन थापा गाउपालिका घर भएका २८ वर्षीय युवाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालययकी प्रमुख विद्या तामाङले बताइन् ।

‘शुक्रबार थपिएका संक्रमितमध्ये प्रहरी हिरासतबाट रिहा भएको एक जना रहेको खुलेको छ,’ उनले भनिन् । प्रहरी हिरासतबाट छुटेका ती युवाको जेठ २९ नमुना संकलन गरेर परीक्षणका लागि पठाएको र शुक्रबार संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । उनी होम क्वारेन्टाइनमा रहेको खनालले बताए । ती युवालाई अवैध काठ ओसारपसारको आरोपमा वन कार्यालयले नियन्त्रणमा लिएको थियो । उनी जेठ २० गते रिहा भएका हुन् ।

शुक्रबार मात्र भिमसेन थापा गाउपालिकामा पाँच जना कोरोना संक्रमित थपिएका छन् । ‘सबैको पहिचान भइसकेको छ,’ खनालले भने,‘अर्को एक युवा सहचालक रहेको खुलेको छ, भारतबाट आएकाहरुलाई तस्न जनालाई लिन उहाँ भैभैरहवा जानुभएको थियो, तस्नै भारतबाट आएका तीनमध्ये एकमा यसअघि नै कोरोना सक्रमण देखिएपछि उहाँको पनि परिक्षणको लागि पठाएका थियाैं, आज रिपोट पोजिटिभ आयो ।’ भिमसेन थापाका अन्य तीन जना भने भारतबाट आएर मास क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।

गोरखामा शुक्रबार पाँच जना थपिएसँगै कोराना संक्रमितको संख्या ४० पुगेको छ ।

प्रकाशित : असार ६, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?