कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसनबाट बिदा भएका ७ जनालाई कोरोना संक्रमण

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दनका ७ जनामा पुन: संक्रमण देखिएको छ । बिहीबार प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, वडाध्यक्षर स्वास्थ्य कार्यालयका प्रमुखले बिदाइ गरेका ७ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

आइसोलेसनबाट बिदा भएका ७ जनालाई कोरोना संक्रमण

१४ दिन पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै स्वास्थ्य कार्यालयले घर पठाइएको थियो । दोस्रो पटक स्वाब संकलन गरेर पठाए पनि रिपोर्ट नआउर्दै घर पठाइएको हो । उनीहरुलाई भारतबाट आएपछि क्‍वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजिटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

‘हामीलाई स्पष्ट निर्देशन छ । संक्रमण देखिएकालाई १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएमा घर पठाउन सक्ने,’जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले भने,‘रिपोर्ट कहिले आउने निश्चित भएन, बिहीबार घर पठाइयो तर रिपोर्ट पोजिटिभ आयो ।’

यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका पाल्हीनन्दन गाउँपालिकाका अर्का १ जनामा पोजिटिभ देखिएको छ । क्‍वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजिटिभ आएपछि कन्ट्र्याक ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको थियो । क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्र्याक ट्रेसिङ गरिएको थियो । १५ दिनसम्म घर बसेका उनको पोजिटिभ रिपोर्ट आएको हो ।

पाल्हीनन्दनमा मात्र संक्रमितको संख्या १२ पुगेको छ । जिल्लाभर ५० जना संक्रमित फेला परेका छन् ।


प्रकाशित : असार ५, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?