१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पर्वतका ८ जना कोरोना संक्रमित निको भए

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमण देखिएका पर्वतका ८ जना निको भएका छन् । गत जेठ २० गते पहिलोपटक संक्रमण देखिएकाहरुको बिहीबार रिपोर्ट नेगेटिभ आएको हो ।

पर्वतका ८ जना कोरोना संक्रमित निको भए

पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास–१० कुर्घाका २ जना, महाशिला–३ का ३ जना तथा फलेबास–११ र २ का १–१ जना छन् । त्यस्तै बिहादी–४ का १ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको दोस्रोपटक स्वाब परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार नै उनीहरुलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ । उनीहरुसँगै संक्रमण देखिएका बिहादीका पुरुषमा भने दोस्रो पटक पनि रिपोर्ट पोजेटिभ आएको छ ।

बिहीबार संक्रमण पुष्टि भएका ९ सँगै पर्वतमा संक्रमितको संख्या ३८ पुगेको छ । त्यसमध्ये ४ महिला र ३४ पुरुष छन् । बिहीबार ८ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ३० जना भएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरिय कमाण्ड फोर्सका सूचना अधिकारी प्रविण भण्डारीले बताए । उनका अनुसार संक्रमणमुक्त हुनेहरुरुले कम्तीमा दुई सातासम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्नुपर्छ ।

प्रकाशित : असार ४, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?