कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गण्डकीमा एकैदिन ७७ कोरोना संक्रमित थपिए

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा बिहीबार एकैदिन ७७ जना कोरोना संक्रमित थपिएका छन् । गत चैत १५ गते नेपालकै पाँचौ संक्रमित देखिएयताको यो संख्या अहिलेसम्मकै उच्च हो । योसंगै प्रदेशभरि संक्रमितको संख्या ३२४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा एकैदिन ७७ कोरोना संक्रमित थपिए

पहिलोपटक हिमाली जिल्ला मनाङमा कार्यरत एक सरकारी कर्मचारी पनि कोरोना संक्रमित भएका छन ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी पूर्वी नवलपरासीमा ३१ थपिएका हुन । यसैगरी तनहुँमा १५, गोरखा ११, पर्वत र स्याङजामा ९/९ र बागलुङमा एक संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माका अनुसार मनाङबाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन ।

क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् । स्याङजाका एक जनाको भने मृत्यु भएको छ । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमा कोही पनि संक्रमित भेटिएको छैन ।

प्रकाशित : असार ४, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?