१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गण्डकीमा १८ संक्रमित थपिए

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा मंगलबार १८ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बागलुङमा १/१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा १८ संक्रमित थपिए

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमा १ महिला र बाँकी सबै पुरुष छन् । उनीहरू सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्दै आएका थिए । सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले बताए ।

यससँग प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ । यहाँका मनाङ र मुस्ताङबाहेक अरू ९ जिल्लामा संक्रमित भेटिएका छन् । सबैभन्दा बढी स्याङ्जामा ६४ पुगेका छन् । संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् । स्याङ्जाका एक जनाको भने मृत्यु भएको छ ।


प्रकाशित : असार २, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?