कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तनहुँका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने

सम्झना रसाइली

तनहुँ — जिल्लाका स्थानीय तहले कोरोना भाइरस परीक्षणमा प्रयोगमा हुने पीसीआर मेसिन खरिद गर्ने भएका छन् ।

तनहुँका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने

बिहीबार म्याग्दे गाउँपालिकामा १० वटै स्थानीय तहका प्रमुखहरुको बैठकमा स्थानीय तहकै लगानीमा पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको हो ।

४ नगरपालिका र ६ गाउँपालिकाले संयुक्त रुपमा पीसीआर मेसिन खरिद गरी शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा राखिने निर्णय गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।

‘भारत लगायतका अन्य देश तथा जिल्ला बाहिरबाट धेरै व्यक्तिहरुलाई उद्धार गरी स्थानीय तहले बनाएको क्‍वारेन्टाइनमा राखिएको छ,’ उनले भने, ‘उनीहरुको स्वाब संकलन गरी पोखरा परीक्षणका लागि पठाउँदा ४/५ दिनसम्म पनि पालो नआउने र संक्रमितको संख्या पनि बढ्दो भएकोले सबै स्थानीय तह मिलेर पिसिआर मेसिन लिने निर्णय गरेका हौं ।’

यस्तै, पीसीआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति स्वास्थ्य निर्देशनालय गण्डकीसँग माग गरिने उनले बताए । पीसीआर मेसिन खरिदसहित पूर्वाधार निर्माणका लागि खर्च हुने करिब एक करोड रुपैयाँ १० वटै स्थानीय तहले प्रतिशतका आधारका बेहोर्ने भएको गाउँपालिकाले जनाएको छ ।

जसमा शुक्लागण्डकी नगरपालिकाले १४, व्यास नगरपालिकाले १२, भानु नगरपालिकाले १२, भिमाद नगरपालिकाले १२, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले ९/९ र देवघाट गाउँपालिकाले ५ प्रतिशत रकम बेर्होने भएको गाउँपालिकाले जनाएको छ ।

पीसीआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि शुक्लागण्डकी नगरपालिकालाई जिम्मा दिइएको बताइएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?