२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

गण्डकीमा थपिए १७ जना कोरोना संक्रमित

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलोपटक एक ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी कास्कीकै रुपा गाउँपालिकामा २३ र ३२ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

गण्डकीमा थपिए १७ जना कोरोना संक्रमित

निर्देशनालयले शनिबार बिहान निकालेको विज्ञप्ति नुसार प्रदेशका विभिन्न जिल्लामा १७ नयाँ संक्रमित भेटिएका हुन । उनीहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका ८, हरिनास गाउँपालिकाका २, बागलुङको तारखोला गाउँपालिकाका १, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका ३ जना रहेका छन । उनीहरु सबै पुरुष हुन । उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले बताए । प्रदेशभरि कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । उनीहरुमध्ये तीन जना उपचारपछि निको भएका छन ।

यसअघि शुक्रबारमात्र पोखरा महानगरपालिकामा बस्दै आएका ६० वर्षका एक व्यक्तिमा काठमाण्डौमा उपचारका क्रममा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिरामी अवस्थामा कोठामा भेटिएका ती व्यक्तिसँग धेरैजना सम्पर्कमा थिए । उनलाई उपचारका लागि गत मंगलबार हेलिकोप्टरबाट काठमाण्डौ लगिएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ट्रेसिङको काम शुक्रबारदेखि नै सुरु गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?