कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लमजुङमा बोक्सीको आरोपमा मुद्दा

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–८ फूलबारी चोकका विजय श्रेष्ठले कुटपिट गरेको भन्दै उजुरी दिएका मायादेवी सिलवालविरुद्ध बोक्सीको आरोपमा मुद्दा परेको छ ।

मायादेवीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका विजय एक सातादेखि प्रहरी हिरासतमा छन् । वडासदस्यसमेत रहेका उनलाई प्रहरीले अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा चलाएको छ । मायादेवीविरुद्ध विजयकी आमा विष्णुकमारी श्रेष्ठले उजुरी दिएकी हुन् । बोक्सीको आरोप लगाएर अपशब्द बोल्ने र तथानाम गालीगलौज गरेको भन्दै छिमेकी मायादेवीविरुद्ध विजयकी आमा विष्णुकुमारीले उजुरी दिएकी हुन् ।

प्रहरीमा मुद्दा दिन गएकोमा लिन नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर उजुरी दिएको श्रेष्ठ परिवारले बताएको छ । प्रहरी निरीक्षक ओमप्रकाश पुनले अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा ल्याएपछि सिलवालविरुद्ध उक्त आरोप पुष्टि हुन नसक्ने भन्दै कार्यालयबाट मुद्दा फिर्ता पठाइएको बताए । बोक्सीको आरोपमा प्रहरी कार्यालयमा मुद्दा ल्याएकोबारे थाह नभएको र सरकारी वकिल कार्यालयबाट प्राप्त भएको जानकारी आएको उनले बताए ।

जिल्ला न्यायधिवक्ता टेकबहादुर कार्कीले गत मंगलबार उजुरी परेपछि मुद्दा अघि बढाउन प्रहरी कार्यालय पठाएको बताए । नयाा ऐन अन्तर्गत प्रहरीमा दर्ता हुन नसकेका उजुरीलाई जिल्ला सरकारी वकिलको कार्यालयले लिने र अनुसन्धानको लागि प्रहरीमा पठाउने व्यवस्था छ ।

छिमेकी सिलवालविरुद्ध ७५ बर्षीया विष्णुकुमारीले बोक्सी भनेको आरोपमा कसुर/सजाय ऐन २०७२ अनुसार मुद्दा दिएकी हुन् । श्रेष्ठले दिएको उजुरीमा मायादेवी सिलवालले विगत लामो समयदेखि आफूलाई बोक्सी भन्दै गालीगलौज गर्ने गरेको, अश्लिल शब्द प्रयोग गरी धारे हात लगाउने गरेको उल्लेख छ । घरपरिवारले सम्झाउादा पनि उल्टै आफ्नो परिवारका सदस्यसंग पनि झगडा गर्ने गरेको उल्लेख उजुरीमा छ । विजयले मायादेवीलाई कुटपिट गरेपछि दुवै पक्ष प्रहरीकोमा पुगेको बेला मायादेवीका गाउँले काँग्रेसका पूर्व सभापति शंकरकान्त जोशी पनि पुग्दा विजयले जोशीलाई समेत लात्ती प्रहार गरेका थिए । आफूमाथि कुटपिट हुँदा समेत पार्टीले वास्ता नगरेपछि जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका जोशीले पार्टीको जिल्ला कार्य समिति सदस्यबाट राजीनामा दिइसकेका छन् ।


प्रकाशित : जेष्ठ २३, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?