कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पूर्वी नवलपरासीमा १४ वर्षीया सुत्केरीको मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा एक १४ वर्षीया सुत्केरीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । उनले जन्माएकी छोरी भने स्वस्थ्य छिन् ।

देवचुली नगरपालिकाका बाल परामर्शदाता खिमानन्द भुसालका अनुसार कम उमेरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्रावले थलिएकी उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । सुत्केरी भएको ११ दिनमा बिहीबार उनको मृत्यु भएको हो ।

एक वर्षअघि छिमेकी १७ वर्षीय सुदिप महतोसँग १३ वर्षकी शान्ति आलेमगरको भागी विवाह भएको हो । स्कुल पढदै गर्दा उनीहरु भागेका हुन् । उनीहरु देवचुली नगरपालिका–९ निवासी हुन् ।

पूर्वी नवलपरासीको देवचुली देशकै दोश्रो र गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका हो । बालमैत्री घोषणा गरिएपनि व्यवहारमा कार्यान्वयन भएको छैन ।

प्रकाशित : जेष्ठ २३, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?