गर्भवतीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ — अन्नपूर्ण गाउँपालिका-५ शिखकी एक गर्भवतीको आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गर्भमा जुम्ल्याहा बच्चा रहेको र निरन्तर रक्तश्राव भएपछि उच्च जोखिममा रहेकी गर्भवती नर्दिता गर्बुजालाई गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल) पुर्‍याइएको हो । 

पुनको सचिवालय सदस्य प्रकाश पौडेलका अनुसार अधिक रक्तश्रावबाट सिकिस्त गुर्बुजाको उद्धारमा केही ढिलाई भएको भए गर्भवती र गर्भमा शिशुको नै ज्यान जोखिममा थियो । स्थानीय शिख स्वास्थ्यचौकीमा सुत्केरी गराउन असम्भव भएपछि स्वास्थ्यकर्मीले तुरुन्त बेनी वा पोखरा पुर्‍याउन सुझाएका थिए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?