कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्याङ्जामा पहिलोपटक देखियो कोरोना, दुई जनामा संक्रमण 

लालप्रसाद शर्मा

पोखरा — स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । 

स्याङ्जामा पहिलोपटक देखियो कोरोना, दुई जनामा संक्रमण 

जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले कोरोना संक्रमित भेटिएको पुष्टि गरे । प्रदेश स्वास्थ्य निर्देशकले यस विषयमा साढे ३ बजे प्रत्यक्ष प्रसारण गर्ने तय भएको पनि उनले बताए ।

वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा रहेका दुवैजना पुरुष हुन । उनीहरु यही जेठ १० मा भारतबाट आएका थिए । उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो

यसअघि गण्डकीका बागलुङमा २, पूर्वी नवलपरासीमा २ र लमजुङका एकजनामा कोरोना देखिएको थियो । उनीहरुमध्ये बागलुङका २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एकजनाको काठमाडौं र दुईजनाको चितवनमा उपचार भइरहेको छ ।


प्रकाशित : जेष्ठ १३, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?