१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किँदा २ जनाको मृत्यु

नारायण शर्मा

नवलपरासी — गैंडाकोटमा आइतबार हावाहुरीले कुखुराको खोर भत्किँदा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गैंडाकोट नगरपालिका ८ का  ३५ वर्षीय काशीनाथ पौडेल र ४५ वर्षीय सूर्यबहादुर भण्डारीको खोर भत्कँदा च्यापिएर ज्यान गएको हो । मृतक दुवै कुखुरा पालक हुन् । 

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किँदा २ जनाको मृत्यु

खोरले च्यापेर पौडेल र भण्डारी सख्त भएका थिए । घाइते दुवैलाई प्रहरीले भरतपुर अस्पतालमा लगिएकोमा आइतबार साँझ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनीहरु दुवै मिलेर गैंडाकोट नगरपालिका ६ को बोटे टोलमा कुखुरा फर्म खोलेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?