कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भरुवा बन्दुकसहित दुई पक्राउ

हरिराम उप्रेती

गोरखा — एक नाल अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–६ काशीगाउँका ४९ वर्षीय मान घले र उनका छोरा २० वर्षीय नौबहादुरलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भरुवा बन्दुकसहित दुई पक्राउ

आरुघाट गाउँपालिका–१ नौवनस्थित गोठमा अवैध रुपमा लुकाइछिपाइ राखेको अवस्थामा १ नाल भरुवा बन्दुक र छर्रासहित बन्दुकमा प्रयोग हुने सामानहरु बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?