संक्रमित महिलाको नवलपरासीस्थित माइती गाउँ सिल

पतिसँग माेटरसाइकलमा भैरहवास्थित घर ओहोरदोहोर गरेकी उनी माइती गाउँमा १० दिन बसेकी थिइन् ।
नारायण शर्मा

नवलपरासी — काठमाडौंमा मंगलबार कोरोना पुष्टि भएकी महिलाको देवचुली नगरपालिका–२ स्थित माइती गाउँ सिल गरिएको छ । उनी पतिसँग मोटरसाइकलमा काठमाडौंबाट भैरहवास्थित घरमा ओहोरदोहोर गरेको र त्यस क्रममा माइती गाउँ पनि गएको खुलेको हो ।

संक्रमित महिलाको नवलपरासीस्थित माइती गाउँ सिल

२४ वर्षीया उनको काठमाडौं, सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । पतिपत्नी नै काठमाडौंमा जागिरे रहेका उनीहरू वैशाख दोस्रो साता भैरहवा गएका थिए । त्यहाँबाट वैशाख १९ मा माइतीमा आएर १० दिन बसेका थिए । माइतीबाट वैशाख २९ गते मोटरसाइकलमै काठमाडौं गएका हुन् । महिलाको माइतीमा ५ जना छन् ।

काठमाडौंमा घरबेटीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिने अडान लिएपछि जँचाउन जाँदा पत्नीमा संक्रमण देखिएको हो । पतिको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रहरीले बुधबार बिहान ती महिलाको माइतीघरसहित आसपासको क्षेत्र सिल गरेको छ । त्यहाँका २०–२२ घरपरिवारलाई बाहिर ननिस्कन भनिएको छ । स्वास्थ्यकर्मीले स्थानीयको स्वाब संकलन गरेर भरतपुरस्थित प्रयोगशालामा पठाएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?