कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंमा बस्‍ने लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण

आश गुरुङ

लमजुङ — लमजुङका ३ वर्षीय एक बालकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । उनी हाल काठमाडौं बस्दै आएको खुलेको छ ।

काठमाडौंमा बस्‍ने लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणले पारेको प्रभाव र संक्रमण भएका व्यक्तिबारे जानकारी दिने क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि तीव्र खोजी भएको थियो । कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको जानकारी आएको उनले बताए । परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।

प्रजिअ खड्काले लमजुङका ती बालक हाल काठमाडौं महानगरपालिका वडा नं. १६, वनस्थली बस्दै आएको बताए । बालकको परिवार कहिलेदेखि काठमाडौं बस्दै आएको भन्ने नखुले पनि पछिल्लो समय लमजुङ नआएको बुझिएको बताए ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?