कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फेसबुकमार्फत अफवाह फैलाउने पक्राउ

सम्झना रसाइली

तनहुँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमणबारे अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत अफवाह फैलाउने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत दमौलीमा ३ जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको भन्दै फेसबुकमा गलत प्रचार गर्ने तेह्रथुम म्याङलुङ्ग घर भई हाल व्यास नगरपालिका–२ मालपोत लाईनमा कन्सलटेन्सी फर्म सञ्‍चालन गर्दै आएका ३४ वर्षीय नवराज ढुंगानालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ढुंगानालाई आइतबार झुट्टा अफवाह फैलाउन नहुने शिर्षकमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

उनले भने, ‘आफ्नो फेसबुक आइडीमार्फत तनहुँको दमौलीमा कोरोना संक्रमित ३ जना पुष्टि भएको छ भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारबाहीका लागि ढुंगानालाई नियन्त्रणमा लिइएको हो ।’

प्रहरीले ढुंगानालाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?